काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराया (विदेशी) को खेलमैदान बनिसकेको बताएका छन्। ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार शुभकामना दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन्।
‘राष्ट्र निर्माताबाट परराष्ट्रका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनुपर्ने सन्देश र दिव्य उपदेशको उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौँ’ पूर्वराजाले भनेका छन्, ‘देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।’