काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको उनको भनाइ छ।
महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अवको १०-१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याए। उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए।