• मंसिर १२ २०८१, बुधबार

संसारकै कान्छा राष्ट्र प्रमुख किमको आज जन्मदिन

पुष २४ २०७८, शनिबार

मानिसहरु आफ्नो जन्मदिनलाई निकै ठूलो घटनाको रुपमा लिँदै आफू जन्मेको दिनलाई विशेष दिनको रुपमा मनाउने प्रचलन आज संसार भरी नै चलेको छ । जन्मदिन मनाउन किन र कहाँबाट सुरु भयो भन्ने एकिन नभएपनि विश्वव्यापीरुपमा बढेको प्रविधिको विकासले एकले अर्कोको सिको गर्दै आज संसार भरी नै जन्मदिन मनाउने गरेको पाइन्छ ।

जन्मदिन मनाउने चलन आज एउटा संस्कृतिको रुपमा विकास भएको छ । पश्चिमी मुलुकहरुमा केक काटेर मनाइनेवाला जन्मदिन आज मानिसहरु अंगालिरहेका छन् । तर संसारका विविध जातिहरुमा जन्मदिन मनाउने संस्कार रहेको पाइएपनि उनीहरुको आआफ्नै तरिका रहेका छन् ।

मनाउने तरिका फरक भएपनि के साना, के ठूला सबैले आफ्नो जन्मदिन मनाएको पाइन्छ । तर जन्मदिन आफ्नै संस्कार अनुसार मनाएपनि मानिसहरु आज केक काट्नै पर्ने संस्कारमा जानुले आजको जन्मदिन मनाउने चलन मिश्रितखालको बन्न गएको छ ।

केही मानिसहरु कुनैपनि विशिष्ट व्यक्तिका जन्म दिन वा मृत्यु भएको दिनलाई स्मरणको रुपमा कार्यक्रम गरेर मनाउने गर्दै आइएको भएपनि आज भोलीका मानिसहरु त आफ्नो जन्मदिन आफै मनाइरहेका छन् ।

यसैबीच उत्तर कोरियाका राष्ट्र प्रमुख किम जोन उनको आज जन्मदिन परेको छ । उनको जन्म आजकै दिन १९८३ को जनवरी ६ तारिखका दिन भएको थियो । उत्तर कोरिया निर्माण भएपछि उनी त्यहाँका तेश्रो राष्ट्र प्रमुख हुन् । यसअघि कोरियामा उनका बाबु र बाजे राष्ट्र प्रमुख थिए ।

कम्युनिस्ट राज्य प्रणाली भएको देश र वंशाणुक्रम अनुसार राष्ट्र प्रमुख बन्ने प्रणाली भएका कारण उनीहरुलाई कम्युनिस्ट तानाशाह वा कम्युनिस्ट राजा भन्ने गरेको पनि सुनिन्छ । हालका नाती नेता उन सन् २०१२ देखि कोरियाको मजदुर पार्टीका प्रमुख नेता रहेका छन् । उनी संसारकै कान्छा राष्ट्रप्रमुख हुन् ।

उनी २८ वर्षको उमेरमा राष्ट्रप्रमुख बनेका थिए । उनले उत्तर कोरियामा कम्प्युटर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटीबाट भौतिक शास्त्र र किम इल सुङ मिलिटरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् । नेता उनसँग कोरियाली सैनिकको बन्दुकको साटो डायरी र कलम हुने गरेको छ ।

भनिन्छ, उनका साथमा रहने सैनिकहरु सबैले उनले बोलेका कुरा डायरीमा अनिवार्य रुपमा टिप्ने गर्छन् । किम जोङले स्वीटजरल्याण्डको जर्मन स्कूलमा अध्ययन गरेका हुन् । सन् १९९६ बाट २००० सम्म किमको पढाइ यूरोपमा भएको थियो । सुरुवातबाटै उन आफ्नी आमाकी बहिनी (सानी आमा)का साथ रहेका थिए भनिन्छ । सन् १९९८ मा सानीआमा अमेरिका गइन् र नाम परिवर्तन गरिन् ।

द वासिङ्टन पोस्टसँगको अन्तरवार्तामा उनकी सानी आमा यङ सकले बालक किम समस्या उत्पन्न गर्ने बालक नभएको तर उनी चकचके भने भएको बताएकी छिन् ।

सुरुमा किमसँगै पढ्ने साथीहरुले उनलाई दूतावासमा काम गर्ने कुनै कर्मचारीको छोरा भएको अड्कल गरेका थिए ।