रामेछाप । नेकपा माओवादी केन्द्रका नेताहरुले रामेछाप पुगेर जनयुद्धमा सहिद भएकाहरुप्रति श्रद्दाञ्जली दिएका छन् । माओवादी जनयुद्ध चलिरहँदा २०५३ साल पौष १९ गते सहिद भएका माओवादी छापामारहरु तिर्थ गौतम, फत्तबहादुर स्मालीमगर र दीलमाया योञ्जनको स्मृतिमा माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतका नेताहरु बेथान पुगेर ती सहिदप्रति श्रद्दाञ्जली दिएका हुन् ।
अध्यक्ष सरल सहयात्रीले सामाजिक सञ्जालमा सहिदहरुका तस्विरमा नेताहरुले फूलमाला लगाई माल्यार्पण गरेका तस्विर राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।
उनले लेखो छन्,‘जसले नेपालमा महिलाहरु वीरता र वलिदानका अथक योद्दा हुन सक्छन् भन्ने सन्देश दियो । र जसले सामन्ती उत्पीडनको किल्ला माथी पहिलोपटक विजयका लागि वलिदान दिए । २०५३ साल पौष १९ गते बेथानवाट । कमरेड तिर्थ गौतम, कमरेड फत्तबहादुर स्माली र कमरेड दिलमाया योञ्जन लगायत सम्पूर्ण सहिदहरुलाई श्रद्दाञ्जली ब्यक्त गर्दै जनयुद्द एवं परिवर्तनको आन्दोलनमा वीरता प्रस्तुत गर्ने हरेक वीरहरुलाई गौरवका साथ लालसलाम अर्पण गर्दछु’ ।
बेथानको चौकी कब्जा गर्दा ३ जना छापामारहरु सहिद भएका थिए । सो चौकी कब्जासँगै माओवादी देशैभर र पूर्वमा पनि फैलिएको चर्चा भएको थियो ।