• बैशाख १५ २०८२, सोमबार

विनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

पुष २२ २०७८, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै पद खारेजीको माग गर्दै उजुरी दिएका हुन्।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको दाबी छ । यादवले चौधरीको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन पनि माग गरेका छन् ।

विनोद चौधरी मधेशी खुला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।