• फाल्गुन २९ २०८२, शुक्रबार

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

पुष १८ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको राप्रपाले जनाएको छ। सो पार्टीले उक्त दिनलाई पर्वका रुपमा मनाउन समेत माग गरेको छ ।