काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न २ बजेदेखि बैठक बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो