काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट विधान मस्यौदा पारित भएर मतदाता नामावली प्रकाशन भएको हो ।
माओवादी निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली प्रकाशन गरेको छ ।