विप्लव निकट अनेरास्ववियू क्रान्तिकारी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका कालिकोटका सन्तोष कार्कीले राजनतीतिका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीप्रतिको धारणा भन्दै केही सुझावमूलक विचारहरु र प्रतिवद्दता प्रस्तुत गरेका छन् ।
यस्तो उनको प्रतिवद्दता ।
‘आज मिति २०७८ पुस १६ गतेका दिनदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेको छु ।
म कालिकोटको पिलिमा हुँदा नै विद्यार्थी आन्दोलनमा लागेर समाज र जनताको जीवनस्तर परिवर्तनको बाटो खोज्ने एक यात्री हुँ ।
जुन यात्राको सिलसिला अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनमा लागेर सङ्घर्ष गरियो, विद्यार्थीका हक, हित र अधिकारका निम्ति लामो सङ्घर्ष गरियो । अबको सङ्घर्ष अनेरास्ववियू क्रान्तिकारीमा र यो परिवर्तन ल्याउनका लागि कालिकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको खाँचो र आवश्यकता देखेको छु ।
मेरो वडा आमूल परिवर्तन गर्नका निम्ति म जस्ता क्रान्तिकारी युवा अनेरास्ववियू क्रान्तिकारीमा प्रवेश गर्न जरुरी छ भन्ने लागेको छ ।
पुरानो तर गलत संस्कारलाई नष्ट पारी त्यसको लासमा नयाँ वर्गविहीन संसारको रचना गर्न सर्वहारा श्रमजीवी वर्गको लागि अनेरास्ववियू क्रान्तिकारीको खाँचो छ । यसका लागि अनेरास्ववियू क्रान्तिकारी आन्दोलनको व्यवहारसँगै निरन्तर विकसित भइरहेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) को आफ्नै गौरवमय इतिहास छ । कालिकोट जनयुद्धको समयमा त्याग, तपस्या, समर्पण, बलिदानीले ओतप्रोत जीवन्त आदर्श विद्यार्थी नेताहरुमा थियो । आज पनि त्यतिकै रुपमा मेरो मनमा बलिदानीको भावना जीवितै छ । जनयुद्ध र जनआन्दोलनको सच्चा उत्तराअधिकारी संगठन अनेरास्ववियू क्रान्तिकारी मात्रै हो भन्ने कुरा पूर्णिमाको जुन जस्तै छर्लङ भएको छ । त्याग, तपस्या, समर्पण, बलिदानीका अनमोल गाथाहरुले सजिएको हाम्रो इतिहासको श्रेय मात्र होइन नेपाली समाजमा रहेका विद्यमान विकृति, विसंगति, जनताको जनतन्त्र र जनजीविकालाई प्रभावित पार्ने सरकारी तथा गैरसरकारी कदम, जनतको मौलिक हकका विरुद्ध हुने सबै खाले प्रतिक्रियाहरुको विरुद्ध प्रतिपक्ष र सडकवाघको भूमिकामा रही नेपाली विद्यार्थी आन्दोलन र समग्र राजनैतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनका खातीर नेतृत्वदायि भूमिका निर्वाह गर्नेछु । अबको यात्रा नेपाल कम्युनिस्ट पाटि (माओवादी केन्द्र) र केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी आन्दोलनमा लागेर वडा नगर र प्रदेश हुँदै देशलाई नै परिवर्तनको बाटोमा अगाडि बढाउने बाचा गर्दै अगाडि बड्नेछु । त्यसैगरि अन्तमा मप्रति विश्वास र भरोसा राखेर यो समय जुराउनु भएकोमा विद्यार्थी नेता खगेन्द्र मल्ल र मनसिंह शाही कमरेडहरूलाई धेरैधेरै धन्यवाद ब्यक्त गर्दछु । तपाईंहरूले ममा देखेको क्रान्तिकारी विचार, धारणा, विश्वास र भरोसालाई कहिले पनि टुट्न दिनेछैन । धन्यवाद ।’