• मंसिर ९ २०८१, आईतवार

ओलीले तामझामका साथ उदघाटन गरेका विद्युतीय बस अलपत्र

पुष १७ २०७८, शनिबार

काठमाडौं । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे । ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे ।

सन् २०२० भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत पु¥याउने घोषणा गरे । तर, विद्युतीय सवारी प्रयोगमा आउनु त परको कुरा, त्यतिबेला उद्घाटन गरिएकै बस कहाँ–कुन अवस्थामा छन् अत्तोपत्तो छैन ।

प्रधानमन्त्री र मन्त्री चढेर उद्घाटन गरिएका बस नै मापदण्डअनुसारका नभएको भन्दै पछि कम्पनीलाई फिर्ता गरिएका थिए । त्यसपछि, कम्पनीले सम्झौतामा उल्लेख भएबमोजिम पाँच वटा बस सरकारलाई दिइसकेको छ ।

पर्यटन मन्त्रालयको स्वामित्वमा आएका ती बस दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि प्रयोगमा ल्याइने भनेर लुम्बिनी लगिए । तर, सञ्चालनमा नल्याएर त्यसै अलपत्र छन् ।

एसियाली विकास बैंकको लगानीमा चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका पाँच वटा विद्युतीय गाडी सुरुमा साझाले चलाउने तय भएको थियो ।

तर, पर्यटन मन्त्रालयले आपूm मातहत नै ती बस भित्र्याएको थियो । यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा छ ।