काठमाडौं । नेपाली काँग्रेसले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ ।
उसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ । १३५ सदस्यीय केन्द्रीय समितिको वरीयता तोकेको हो ।
काँग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो । बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ ।
यो समाचार नागरिक दैनिकमा छ ।