ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा हिमपातले पदर्माग पुरिएको छ । पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।
समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ ।
मङ्गलबार हिमपातकैबीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ ।