काठमाडौं । विशेष अदालतले बालुवाटार जग्गा प्रकरणसम्बन्धी मुद्दामा सुनुवाइ थालेको छ । ३७ फरार प्रतिवादी साक्षी बुझ्ने आदेश भएको छ । तीमध्ये १० जना म्याद बुझे पनि हाजिर भएका थिएनन् ।
सूचना प्रकाशन गरी म्याद थमाउने अवधि पनि सकिएपछि साक्षी बुझ्ने आदेश भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए । अख्तियारले मुद्दा हालेका १७५ मध्ये १३८ जना अदालतमा हाजिर भएका छन् । कोही धरौटी त कोही साधारण तारेखमा छुटेका छन् ।
विशेषले २० हजारदेखि २ करोडसम्म धरौटी मागेको छ । मोहनप्रसाद भट्टराई २० हजार र मीनबहादुर गुरुङ २ करोड धरौटीमा छुटेका छन् । केदारप्रसाद श्रेष्ठ र श्रीहरीप्रसाद पुडासैनी क्रमशः २५ र ५० हजार धरौटीमा छुटेका छन् ।
विशेषले भूमाफिया शोभाकान्त ढकाल र तत्कालीन भौतिक पूर्वाधार सचिव एवं अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनावमा राख्न आदेश दिएको थियो । ढकाल थुनामा नै छन् ।
बस्न्यातलाई भने सर्वोच्च अदालतले धरौटीमा छोडेको छ । गच्छदार १० लाख छरौटीमा छुटेका छन् । पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटेका छन् । पूर्वसचिव छविराज पन्त, दिनेशहरी अधिकारीलगायतका धरौटीमा छुटेका छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।