सान्ता क्लजलाई ‘फादर अफ क्रिसमस’ भनिन्छ । उनी क्रिसमसका अभिन्न मात्र होइन, समग्र पनि हुन् । मूलतः उनले यशु ख्रिस्टको जन्म भएको दिनलाई आधार मानेर इसाई धर्मावलम्बीका लागि एक निकै राम्रो संस्कृति दिएका छन् ।
इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस धमर्मका हिसाबले विश्वभर धुमधामका साथ मनाइँदै गर्दा साँझमा सान्ता क्लजको उत्तिकै मानितो राखिन्छ । बाहिरी र सांस्कृतिक पक्ष मात्र हेरियो भने यशु ख्रिष्ट भन्दा पनि सान्ताको बढी मान मानितो राखेको जस्तो देखिन पनि आउँछ ।
यशु ख्रिस्ट र आधुनिक शान्ताको बीचमा जन्मका हिसाबले २१०० वर्षको फरक छ । तर यशुको जन्म दिन पारेर मनाइने क्रिसमस सान्ताको अनुपस्थितिमा अपूरो मानिन्छ । तर धेरै मानिसहरुले धुमधामका साथ क्रिसमस मनाए पनि यशु, सान्ता क्लज र क्रिसमसको सम्बन्धका बारेमा भने कमै जानकारी राखेका देखिन्छन् ।
सान्ताको इतिहास यशुको भन्दा धेरै पछिको हो । आजभन्दा डेढ हजार वर्ष पहिला जन्मेका सन्त निकोलस नै असली रुपमा सान्ता क्लज हुन् । ईशापूर्व छैठौं शताब्दीमा जन्मिएको ख्रिष्टको इतिहास छ भने १९ औं शताब्दीदेखि मात्र आधुनिक सान्ताको अस्तित्व सुरु भएको हो ।
सान्ता निकोलस र जिससको जन्मको सिधा सम्बन्ध छैन । तर, पनि आजको दिनमा शान्ता क्लज क्रिसमसको महत्वपूर्ण अङग बनेका छन् । परम्परागत सान्ता निकोलसको जन्म इशापूर्व तेस्रो शताब्दी अर्थात् जिससको मृत्यु भएको २ सय ८० वर्षपछि मायरामा भएको थियो ।
धनाढ्य परिवारमा जन्मेका आधुनिक सान्ताले बाल्यवस्थामै आफ्ना आमाबुबालाई गुमाएका कारण उनको आस्था बाल्यावस्थाबाटै यशुप्रति बढ्दै गएको थियो । पछि उनी इसाई धर्मको पादरी बने र बालबालिकालाई उपहार दिन थाले ।
त्यसो त सान्तालाई एक किम्बदन्तीको पात्र मानिन्छ । अहिले पनि उनको घर उत्तरी ध्रुवमा छ भन्ने विश्वास गरिन्छ । उनीसँग उड्न सक्ने रेनडियर्स नामक गाडी छ भनी विश्वास पनि गरिन्छ । उनले क्रिसमसका दिन त्यही गाडीमा उडेर आई गरीब तथा विपन्न र आवश्यकता भएका बालबालिकालाई उपहार दिने गर्छन् भन्ने ठानिन्छ ।
वास्तवमा सन्त निकोलसले यस्ता उपहार रातको समय दिने गर्दथे ताकि उपहार दिँदै गरेको दृष्य कसैले देखेको उनलाई मन पर्दैन थियो । आफूलाई कसैले नचिनोस् भन्ने चाहने उनी सुतेका बालबालिकालाई उपहार दिने गर्दथे ।
यो विश्वासका कारण पनि बालबालिकालाई क्रिसमसको साँझ समयभन्दा छिट्टै सुताइने गरिन्छ । आज पनि धेरै ठाउँमा यो चलन व्यापक छ । बालबालिका छिटो सुत्न मानेनन् भने उनीहरुलाई शान्ता अंकलले उपहार दिन सक्दैनन् भनिन्छ ।
किम्वदन्तीमा वर्णित कथाअनुसार सान्ता निकोलस निकै दयालु स्वभावका थिए । कथाअनुसार उनले सहयोग गरेका मध्ये एकजना यस्ता गरीब छन् जसको तीन छोरीको बिबाहका लागि पैसा नभएको मात्र होइन, साँझ र बिहान खानका लागि ती छोरीलाई मजदुरी र देहव्यापार गर्न लगाउँथे ।
ती गरीबको घरमा पुगेर सान्ताले छोरीहरुको सुकाइरहेको मोजामा सुनको सिक्काका थैलीहरु राखिदिए । यो पैसा पछि उनीहरु नरकजस्तो जीवनबाट छुटकारा पाए ।
यही कथामा वर्णित भाष्यअनुसार क्रिसमसको राती बालबालिकाले आफ्ना मोजाहरु बाहिर टाँगेर राख्न थालेका हुन् । फ्रान्समा चिम्नीमा जुत्ता टाँगेर राख्ने गर्छन् । हल्यान्डमा बालबालिका सान्ताको पर्खाइमा आफ्नो जुत्ताभरि गाजर राख्छन् ।
सान्ता धार्मिक पद हो । अमेरिकामा सन् १७७३ मा पहिलो पटक ‘सिन्ता सेन्ट ए क्लज’को रुपमा आएका थिए । आधुनिक सान्ता चाहिं सन् १९३० मा अस्तित्वमा आएका थिए ।