काठमाडौँ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने व्यवस्था गरिने बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्ष माथि पुगेका जेष्ठ नागरिक शारीरिक रुपमा अशक्त हुने भन्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पुर्याउने व्यवस्था गरिने बताइन् ।
मन्त्री रेग्मीका अनुसार अब छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिनेछ । यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिनका लागि स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन । अहिले भत्ता वितरण स्थानीय तहले वडा कार्यालयबाट गर्दै आएका छन् ।