काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने भएका छन्। पुस ११ देखि १३ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने सम्मेलनको तयारी तीव्र पारिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।
प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८०३, आयोजकका तर्फबाट १७९, सल्लाहकारबाट १४९, केन्द्रीय प्रतिनिधि २७, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२ र आयोगबाट ७५ प्रतिनिधि सहभागी हुने उनले बताए।
प्रवक्ता महराले भने, ‘नयाँ क्रान्तिकारी नयाँ पार्टी र क्रान्तिकारी नयाँ विचार निर्माण गर्नु अहिलेको आवश्यकता हो। त्यसैले २१ औं शताब्दीसम्म आइपुग्दा अहिलेको परिस्थितिमा परिवर्तन आएको छ।’
महराले राष्ट्रिय सम्मेलन र महाधिवेशनमा फरक भएकाले पार्टी प्रतिनिधि बाहेकका अरूलाई आमन्त्रण नगर्ने बताए।
‘हामीले महाधिवेशन नभई राष्ट्रिय सम्मेलन गर्न लागेका छौँ। त्यसैले देश भित्र र बाहिरबाट कुनै पनि अतिथिलाई बोलाउँदैनौँ। ठूलो तामझाम पनि हुँदैन’‚ उनले भने।