काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ मागेको छ ।
निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकम माग गरेका हुन् ।
मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरे ।
उनले भने, “यो रकम पुँजी वृद्धिका लागि प्राप्त होस्, हामी कर्मचारीको तलबमा लगाउँदैनौं, नयाँ जहाज किन्छौ ।’