• बैशाख ९ २०८२, मंगलवार

एमालेले टुङ्ग्यायो सातै प्रदेशका अध्यक्ष

मंसिर २६ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेले देशका सातै प्रदेश कमिटी अध्यक्षको टुंगो गरेको छ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले सातै प्रदेश अध्यक्षको नाम टुङ्ग्याएको हो। जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।