• बैशाख ९ २०८२, मंगलवार

शेखर कोइरालालाई समर्थन गर्दै न्यौपानेले फिर्ता लिए सभापतिको उम्मेदवारी

मंसिर २६ २०७८, आईतवार

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।

पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराएका न्यौपानेले डा. शेखर प्रसाद कोइरालालाई समर्थन गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्।

न्यौपानेले सभापतिबाट उम्मेदवारी फिर्ता लिएसँगै अब शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा. कोइराला, प्रकाशमान सिंह र कल्याण गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ ।