काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १६ सय १३ कर्मचारीको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयाेगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १६ सय १३ कर्मचारीको मङ्गलबार सरुवा गरेको हो ।
अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै आएका कर्मचारीले दिएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लोकसेवा आगोबाट स्थानीय तहमा सिफारिस भएर स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीलाई मन्त्रालयको निर्णय अनुसार अन्तर स्थानीय तहमा खटाइएको हो।
‘मापदण्ड बमोजिम सम्बन्धित स्थानीय तहबाट प्राप्त दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको हुँदा यस मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम रमाना दिने र हाजिर गराउने कार्य निर्वाध र सहज रुपमा गराएको र सोको जानकारी यस मन्त्रालयमा गराउन हुन सम्पूर्ण स्थानीय तहमा समेत हार्दिक अनुरोध छ’, सरुवा सूची सार्वजनिक गर्दै मन्त्रालयले भनेको छ ।