काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन् ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा केहीबेर अघिदेखि शुरु भएको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, नेता सिंहसँगै यो समूहका केन्द्रीय सदस्यसमेत सहभागी छन्।
नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार आधा घण्टा अघिदेखि सुरु भएको छलफल जारी छ । १४ औं महाधिवेशनमा सर्वसम्मत सभापतिको उम्मेदवार छान्न पौडेल समूह सक्रिय भएको हो ।
संस्थापनइतर समूहले सोमबारदेखि नै छलफललाई तीव्रता दिएको हो । सोमबार साँझ पनि वरिष्ठ नेता पौडेल निवास बोहराटारमा छलफल भएको थियो ।