• फाल्गुन २७ २०८२, बुधबार

नयाँ भेरियन्ट देखिएका देशबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्ने सरकारको निर्णय

मंसिर १४ २०७८, मंगलवार

काठमाडौँ। सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने निर्णय गरेको मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

पछिल्लो समय दक्षिण अफ्रिकी मुलुकमा ‘ओमिक्रोन’ देखिएको पुष्टि भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णय गरेको छ । विमानस्थल र नाकामा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर सरकारले निगरानी गरिरहेको छ ।