काठमाडौँ। नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन्।
महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले आज पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन्। उनले भने, “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”
नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताए । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उनले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिए । उनले भने, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”