एनभिडिया अमेरिकाको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युटिङ हो । यसलाई विश्वको एआई लिडर पनि मानिदै आएको छ । यही लिडर एआई एनभिडिया भित्रको विवाद अहिले छताछुल्ल भएर आएको छ । यो विवाद चिनियाँ र अमेरिकी प्रविधि टकरावको अभिव्यक्ति हो ।
तथापि यो विवादको चुरो कुरो बाहिर ल्याइएको छैन । चुरो कुरा भनेको हालसम्म सहकार्यकै रूपमा त होइन, तर उच्चप्रविधिमा एकअर्कामा जोडिदैं आएका अमेरिका र चीन अबका दिनमा अलगअलग हुँदै जान थालेका छन् । विश्वव्यापारमा साझेदारका हैसियतमा रहेका यी दुई अतिमहाशक्ति प्रविधिमा पनि साथसाथै थिए ।
अहिले कसले कसलाई उछिन्ने भन्ने प्रतिस्पर्धा हुन थालेपछि र एआई प्रविधिले सबै कुराको कमाण्ड सम्हाल्न थालेपछि प्रविधिमाथिको वर्चश्व छिनाछिनको अवस्थामा पुगेको छ । विशेष गरी अमेरिका प्रविधि र प्रविधिमाथिको चीन र चिनियाँ पहुँचबाट टाढा हुन चाहन्छ ।
यसै बेलामा एनभिडिया कम्पनीका कार्यकारी जेनसेन हुआङ र सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी ‘मेगास्पिड’ की पूर्व कार्यकारी एलिस हुआङबिच लामो समयदेखि गोप्य प्रेम सम्बन्ध विवादका रूपमा बाहिर ल्याइएको छ । त्यो पनि हास्यास्पद र बाहिरी रूपमा ।
विश्वमा बलियो जासुसी सुरक्षा कबज फैलाएको अमेरिकी जासुसी संस्था सिआइएले यो कुरा थाह नपाउने भन्ने कुरा आफैमा निरीह तर्क मात्र हो । स्वयम् अमेरिकी मर्यादाको मजाक मात्र हो । अमेरिकाले पनि यो सम्बन्धबाट चिनियाँ प्रविधिको भरपूर ज्ञान आर्जन गरिसकेको छ ।
अमेरिकी एआई र चिनियाँ एआईसँगै भएपछि अमेरिकी प्रविधि मात्र चीनमा पुग्यो भन्ने होइन, चिनियाँ प्रविधि पनि अमेरिकाको हातमा परेको छ । इन्टेलिजेन्सको नेतृत्वमा लडाइँ भिडाइदेखि अन्तरीक्षमा पुग्नेसम्मका सबै काम हुने भएपछि अबको लडाइँ एआई छिनाझपटीमा अभिव्यक्त हुन गएको छ ।
अमेरिकाका लागि चीन र चीनका लागि अमेरिका त आमनेसामनेका प्रतिस्पर्धी नै भए । एकले अर्काको निगरानी राख्न र प्रविधिको विकास र प्रगतिको रफ्तार थाह पाउन पनि यसो गर्नु जरुरी थियो । अहिलेसम्म एकले अर्कामाथि निगरानी गर्दै आए पनि ।
तर अबका दिनमा चीनले अमेरिकालाई उछिन्दै अघि बढ्ने रफ्तारको विकास गरेपछि अमेरिकी गुप्तचर संस्थाले एलिसलाई चिनियाँ गुप्तचर एजेन्सीका लागि काम गरेको आरोप लगाएको छ ।
यो आरोप एलिसलाई अमेरिकी प्रतिबन्ध छलेर एनभिडियाका उन्नत एआई चिपहरू चीन पठाउन भूमिका खेलेको भनिए पनि चिनियाँ प्रगतिबाट अमेरिकी एआई संस्थामा हिनताबोध नहोस् भनेर छुट्याउन लागि गरिएको हो ।
एनभिडियाका जेनसेन हुआङ अहिले राजीनामा दिएर बसेका छन् । उनको उत्तराधिकारीको खोजी भइरहे पनि उक्त कम्पनी सहजरुपमा चलाउन सक्ने मानिसको अभाव रहेको छ त्यहाँ । हुआङको सल्लाह विना कनै पनि वरिष्ठ अधिकारीहरू आफै कुनै ठूलो निर्णय लिनसक्ने अवस्था छैन त्यहाँ ।
एनभिडियामा उत्तराधिकारीको सङ्कट देखिएको छ । कम्पनीकी प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसले अन्तरिम प्रमुखको जिम्मेवारी पाए पनि संस्था विश्वस्त हुन सकिरहेको छैन ।
द न्यूयोर्क टाइम्सको निरन्तरको खोज र पिछापछि जेनसेनले सञ्चालक समितिको आकस्मिक बैठकलगत्तै ‘गल्ती स्वीकार्दै’ पदबाट राजीनामा दिएका थिए । यो अमेरिकी नैतिकताको पर्दा मात्र हो । वास्तविक कुरो त चिनियाँ प्रविधि थाह पाउन उनलाई यसो गर्न दिइएको थियो । उनी ‘बलिको बोका’ बनेका देखिन्छन् ।
यसका बारेमा ट्रम्प अनजान छैनन् । ट्रम्पले गल्ती स्वीकार गर्न पनि सक्दैनन् । उनले चिनियाँ प्रविधिको मापन गर्न यो सबै गरिएको भनी वास्तविक कुरा पनि खोल्न सक्दैनन् । यस्ता खेल अमेरिकाले ‘युज एण्ड थ्रो’का रुपमा सहजै खेल्दै आएको इतिहास साक्षी छ ।
बरु अमेरिकी अधिकारीहरूले मेगास्पिड कम्पनीमार्फत् करिब ७.५ अर्ब डलर बराबरका एनभिडिया चिपहरू अवैध रूपमा चीन पठाइएको विषयलाई अनुसन्धानको विषय बनाएर सञ्चार बजारमा भित्र्याएका छन् । सिर्जना गरिएको यस आरोपभित्र रुप र सारमा आकाश पातालको भिन्नता छ ।
अमेरिकाले हामी (अमेरिकी) चिनियाँ एआई लसपसबाट टाढा रहन चाह्यौं भनिदिएमा कसैलाई पनि भ्रमको बोझ हुने थिएन ।