• भाद्र १८ २०८३, बिहीबार

संसद्को सभाकक्षमै ढले कांग्रेस सांसद खड्का, वीर अस्पतालमा उपचार हुँदै

भाद्र १८ २०८३, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा ढलेका छन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके । केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उच्च रक्तचाप देखिएको छ ।
‘त्यहीँ (संसद् सचिवालय) चेकचाँज गर्दा यस्तो देखिएको हो,’ गिरीले भने, ‘अहिले उहाँलाई सामान्य परीक्षणपछि वीर अस्पताल लगिँदैछ ।’