काठमाडाैं । रसुवाकाे भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ।
अधिकृत शर्माको शव गोरखातर्फको त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
हुम्ला ताजाकोट गाउँपालिका–२ घर भएका शर्माको शव पोस्टमार्टमपछि परिवारले बुझेका छन्। गोरखामा हालसम्म ६५ जनाको शव भेटिएको छ।