• भाद्र १५ २०८३, सोमबार

रसुवा बाढीमा परि हालसम्म ९०३ को मृत्यु, ४२४७ जना अझै बेपत्ता

भाद्र १५ २०८३, सोमबार

काठमाडौं  l रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका ९०३ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ९०३ जनाको मृत्यु र ४ हजार २४७ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।

प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२ नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनाबाट ९३३ जना, रसुवाबाट ५६२ जना, नुवाकोटबाट १५५८ जना, मकवानपुरबाट ६५ जना, सम्पर्कविहीन विदेशी नागरिक ५९२ जना, प्रहरी २५ जना, सेना ४५ जना, सशस्त्र प्रहरी १३ जना, भन्सार कार्यालय १५ जना, अध्यागमन कार्यालय ४ जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेको प्राधिकरणले जनाएको छ।

खोज तथा उद्धारका लागि १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

जलविद्युतको सुरुङबाट शुक्रबार १९१ र शनिबार ८८ जनाको उद्धार भएको बताइएको छ। हालसम्म २२७ जना विदेशी नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।