• श्रावण ५ २०८३, मंगलवार

नयाँ बसपार्कमा एक युवतीको शव फेला, हत्या भएको हुनसक्ने प्रहरीको आशंका

श्रावण ४ २०८३, सोमबार

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा युवतीको शव भेटिएको छ ।

कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

सुनुवार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन् । सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ ।

उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।