काठमाडौं । नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको बताए ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको रातोपाटीलाई जानकारी गराए ।
शिवपुरी गाउँपालिका वडानम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
‘हेलिकप्टर खसेको र आगो लागेको जानकारी आएपछि हामी त्यसतर्फ जाँदैछौं,’ उनले भने, ‘प्रहरीहरू घटनास्थलमा पठाइसकिएको छ ।’ कुन एयरलाइन्सको हेलिकप्टर हो र त्यसमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । विस्तृतमा आउँदैछ ।