• जेष्ठ ३ २०८३, आईतवार

जाजरकोटमा पहिरोले घर भत्काउँदा ६ वर्षीय बालकको मृत्यु

असार १७ २०८१, सोमबार

काठमाडौं । पहिरोले घर भत्काउँदा जाजरकोटमा ६ वर्षीय बालकको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–५ इब्राका ६ वर्षीय प्रिन्स विकको उक्त घटनामा परी मृत्यु भएको हो । सोही घटनामा परी प्रिन्सका बुबा रमेश घाइते भएका छन् ।

प्रहरीका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।