• जेष्ठ ३ २०८३, आईतवार

बाजुरामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर ७० वटा बाख्रा मरे

असार १५ २०८१, शनिबार

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँ नजिकै चौकामा  गए राति आएको अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ७० वटा बाख्रा मरेका छन् ।

एक्कसी बाख्रा राखेको ठाउँभन्दा माथिबाट आएको पहिरोले  गोरख राज बोहराका ४० वटा बाख्रा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा पहिरोले पुरिएर मरेका हुन् ।

१० वटा बाख्रा भने जीवितै रहेकोे स्थानीय वीर बहादुर बोहराले बताएका छन् । घटनाको विवरण संकलन गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले कवाडी प्रहरी चौकीबाट टोली खटाएको छ ।