• जेष्ठ ३ २०८३, आईतवार

गुल्मीकाे मालिका गाउँपालिकामा पहिरोमा परी एकै घरका पाँच जनाको मृत्यु

असार १५ २०८१, शनिबार

काठमाडौं । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिको–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ । घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।