• जेष्ठ ३ २०८३, आईतवार

आज असार १५ राष्ट्रिय धान दिवस मनाइँदै

असार १५ २०८१, शनिबार

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता गीतले असारमा धानको महत्व दर्शाउछ । आज असार १५ धान रोप्ने र  दही चिउरा खने दिनको रुपमा किसानमाझमा मनाइने पर्व हो । विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ।

वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

मध्य गर्मीको यो समयमा युवा (लाठे) र युवती (रोपाहार)ले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलतासँगै शक्ति सञ्चय हुने विश्वास गरिन्छ।