• जेष्ठ ३ २०८३, आईतवार

देशभर मनसुनी प्रभाव,बिहानैदेखि विभिन्न ठाउँमा वर्षा

असार १४ २०८१, शुक्रबार

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र  कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका  केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।