• जेष्ठ ३ २०८३, आईतवार

नेपाल आइडलका विजेता करणलाई प्रधानमन्त्री प्रचण्डको बधाई

असार १२ २०८१, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले `नेपाल आइडल´ ५ का विजेतालाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहाल `प्रचण्ड´ले नेपाल आइडल सिजन -५ का विजेता बनेका करण परियारलाई बालुवाटार बोलाएर बधाई दिएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो सामाजिक संजालमा लेखेका छन् -`निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त गर्ने नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियारलाई भेटेर बधाइ दिएँ। उनको यो सफलता सबै नौजवान युवाहरूलाई प्रेरणा हुने विश्वास लिएको छु।करणको आगामी यात्रा सफलताको शुभकामना !´
उनले करणलाई बधाई दिंदै प्रतियोगिता आयोजक, निर्णायक र सहभागी सबैमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।