• जेष्ठ ३ २०८३, आईतवार

सरकारसितको ५ बुँदे सहमतिपछि रुबी खानले अनशन तोडिन्

असार १० २०८१, सोमबार

काठमाडौं । निर्मला कुर्मी र सुमदरानी थारूको मृत्युबारे अनुसन्धान गर्न माग राख्दै आएकी रुबी खानले अनशन तोडेकी छन् । सरकारी वार्ता टोलीसँग पाँचबुँदे सहमति भएपछि खानले १८ दिनदेखि जारी अनशन तोडेकी हुन् ।

गृहमन्त्री रवि लामिछानेले सोमबार जुस खुवाएर अनशन तोडाएका हुन् । मन्त्री लामिछानेकै निर्देशनमा गृह मन्त्रालयले उपसचिव एकदेव अधिकारीको संयोजकत्वमा तीन सदस्य रहेको टोली गठन गरेको थियो ।

अधिकारी संयोजकत्वको टोलीका अन्य सदस्यहरूमा प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र दिनेश न्यौपाने थिए ।

यसैगरी आन्दोलनरत पक्षको तर्फबाट रुबी खानको संयोजकत्वमा मनकुमारी गरताल, ललिता थारू, मो. शेर वागवान र रक्षा बम सदस्य रहेको पाँच सदस्यीय टोली गठन भएको थियो ।

के छ सहमतिमा ?