• जेष्ठ ३ २०८३, आईतवार

तपस्वि रामबहादुर बमजन बाल यौन दुरूपयोगमा दोषी ठहर, १७ गते सजाय निर्धारण हुने

असार १० २०८१, सोमबार

काठमाडौं । तपस्वि रामबहादुर बमजन बाल यौन दुरूपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले उनलाई दोषी ठहर गरेको हो ।

उनीविरुद्ध सजाय निर्धारणका लागि १७ गते पेसी तोकिएको छ । जिल्ला अदालत सर्लाहीका श्रेष्तेदार सदन अधिकारीले जानकारी दिँदै १७ गते सजाय निर्धारण हुने बताए ।

न्यायाधीश जीवन भण्डारीको इजलासले बमजनलाई सोमबार दोषी ठहर गरेको हो ।  उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने युवतीलाई शोषण गरेको आरोप छ । त्यसमध्ये केहीलाई बेपत्ता पारेको आरोप पनि उनीमाथि लागेको थियो ।

बाराको एउटा जंगलमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको पाइएपछि उनी एकाएक चर्चामा आएका थिए । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरुलाई बेपत्ता बनाएको आरोप थियो ।