• जेष्ठ ३ २०८३, आईतवार

बहालवाला मुख्यसचिवमाथि पहिलो पटक भ्रष्टाचार मुद्दा दायर

असार ९ २०८१, आईतवार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवमाथि पहिलो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियाले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत ६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अन्तरिक रजश्व विभागका तत्कालीन महानिर्देशक रितेश शाक्य, उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल लगायत ठेकदार कम्पनीका सञ्चालक ६ जना विरुद्ध मुद्दा दायर भएको हो । शाक्य हाल अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख छन् ।
मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।