• जेष्ठ ३ २०८३, आईतवार

बहुउपयोगी बेलका यस्ता छन् औषधीय गुणहरु

असार ८ २०८१, शनिबार

काठमाडौं । बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण भागलाई हित मात्र पुर्याउँछ । म्यानमार, इन्डोचीन, मलेसियामामा पाईने यो फल नेपालमा पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ ।

बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । गर्मी मौसममा यसका फाइदा त झन् व्यापक छन् भने यसमा हुने एन्टिप्यारासाइटिक गुण पाचनका लागि धेरै फाइदाजनक हुन्छ ।

यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ ।

फलको पातलाई पिसेर रस खानाले मधुमेहमा राहत मिल्ने मान्यता छ । बेलमा धेरै प्रकारका पोषक तत्त्व हुन्छन्  । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ ।

बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ । पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रदान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ ।