काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैमाथि गोली हानी आत्महत्या गरेका छन् ।
आफैले गोली हानी आत्महत्या गरेको काठमाडौं प्रहरीका एक अधिकारीले जानकारी दिए । प्रहरीको कार्यदलबाट खटिएका उनले आफैमाथि गोली हानेको बताइएको छ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
सुरक्षामा खटिएका अजित गोलेले आज केहीबेरअघि आफैमाथि गोली हानेको बताइएको छ । उनी शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।