काठमाडौं । भष्ट्राचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने ४ जनालाई पक्राउ गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका भित्र गैह्र कानुनी रुपमा “बेथिति एवं भष्ट्राचार विरुद्धको अभियान २०८०” नामक संस्था खोली बिभिन्न वडाहरुमा त्यसका शाखाहरु समेत अवैध रुपमा बिस्तार गरी बिभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समिति आदिमा गएर हामीहरु भष्ट्राचार विरोधी अभियन्ता हौ तिमीहरुको विरुद्धमा भष्ट्राचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेको भन्दै छानबिन गर्ने पदाधिकारी तथा कर्मचारीहरुलाई धम्काउने, मुद्धा हालदिन्छु भनि आतंक सृजना गरी भिडियो बनाउने र अनाधिकृत तवरले रकम समेत असुली गरी ठगी गर्ने तथा पुष्टि नै नभएका कुराहरुलाई सामाजिक संजालमा राखेर चरित्र हत्या गर्ने जस्ता कार्यहरु गर्ने गरेको भनि प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो ।
प्रहरीद्वारा छानबिनका क्रममा असार ०३ गते उक्त कार्यहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का राजु सुनार, गोकर्णेश्वर नगरपालिका वडा नं.८ का आदर्श क्षेत्री,गोकर्णेश्वर नगरपालिका वडा नं. १ का अस्मिता खत्र,गोकर्णेश्वर नगरपालिका वडा नं.२का प्रेम प्रसाद श्रेष्ठ रहेका छन् ।