काठमाडौं । प्रहरीले ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्षलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
अध्यक्ष तेजविक्रमसहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको उजुरीपछि उनलाई पक्राउ गरेको हो ।
यसबारे प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ ।