• जेष्ठ ३ २०८३, आईतवार

क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या

जेष्ठ ३२ २०८१, शुक्रबार

बारा । बाराका एक क्याम्पस प्रमुखको गोली हानी हत्या भएको छ । मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको शुक्रबार गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

कुशवाहामाथि शुक्रबार साँझ गोली प्रहार भएको थियो । उनलाई गोली हान्ने समूहबारे केही जानकारी प्राप्त भइसकेको छैन । गोली लागेपछि उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

आदर्शकोतवाल गाउँपालिका २ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं ३ भतिनिया क्षेत्रमा गोली हानिएको हो ।