• जेष्ठ ३ २०८३, आईतवार

असार ३ गते सार्वजनिक बिदा

जेष्ठ ३२ २०८१, शुक्रबार

सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो ।सरकारले २०८० माघ २० गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो ।