• जेष्ठ ३ २०८३, आईतवार

रेक्चाका स्थानीय खानेपानी माग्दै गाग्री बोकेर गाउँपालिका कार्यालय पुगे

जेष्ठ ३१ २०८१, बिहीबार

काठमाडौं । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित रेक्चाका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिका घेराउ गरेका छन् । खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले पालिका घेराउ गरेका हुन् ।

चौकुने गाउँपालिका –५ मा पर्ने रेक्चामा झण्डै ४० घरधुरी छन् । सुक्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकामा पुगेर प्रदर्शन गरेका हुन् ।

एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार भन्दै स्थानीयले विरोध जनाएका हुन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयवासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् ।