• जेष्ठ ३ २०८३, आईतवार

न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय

जेष्ठ २९ २०८१, मंगलवार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको सोमबार (हिजो)को इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

‘सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना । त्यो जरिवानालाई क्षतिपूर्तिको रूपमा पीडितले पाउने फैसला भएको छ,’ शर्माले भने । यही जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका निम्ति जेठ २८ गते (सोमबार)लाई पेसी तोकिएको थियो ।

कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको थियो ।