• जेष्ठ ३ २०८३, आईतवार

नगर प्रमुख दाहालले गरिन् अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई नगदसहित सम्मान

जेष्ठ २७ २०८१, आईतवार

काठमाडौं । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रम गरी महानगरले सबै जोडीलाई एक–एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अम्बिका कार्की, भरतपुर–१६ सुशील परियार र सुस्मिता बुढाथोकीको जोडीलाई सम्मान गरिएको हो ।

त्यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर–१४ विवस महतो र प्रतिभा सुनार, भरतपुर– १४ कै पदमबहादुर विक र फुलमाया लावती, भरतपुर–१५ का विनोद परियार र अरुणा राई, भरतपुर–६ का सुवास विक र मायाँ कुमालको जोडीलाई महानगरले सम्मान गरेको थियो ।

सम्मान गर्दै मेयर रेनु दाहालले विगत ४ वर्षदेखि सम्मानलाई निरन्तरता दिएको बताइन् । उनले जातीय विभेद, समान्तवादी सोच, चिन्तत र प्रवृतिको अन्त्य गर्न सहयोग पुगोस् भनेर सम्मान कार्यक्रम गरिएको बताइन् । संविधानले जातीय विवेदलाई अपराध भनेपनि सोचेजति परिवर्तन हुन ।

उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी देशमै उदाहरणीय काम गरेको बताए ।महानगरका निमित्र् प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले मानिसको दुई जात महिला र पुरुष मात्र भएकाले सबैले आत्मसम्मानसहित बाँच्न पाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

महानगरले यसअघि १३ जोडीलाई सम्मान गरेको थियो ।