• जेष्ठ ३ २०८३, आईतवार

कैलालीकाे धनगढीमा १३ वर्षीय बालक मृत फेला

जेष्ठ २७ २०८१, आईतवार

काठमाडौँ । कैलालीको धनगढीमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा मृत अवस्थामा भेटिएका हुन् । उनी घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।

परिवारले देखेर पासो फुकाली स्वस्तिक अस्पताल धनगढीमा उपचार गर्न लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ