• जेष्ठ ३ २०८३, आईतवार

कञ्चनपुरमा घरको जग खन्दा सकेट बम फेला पर्यो

जेष्ठ २६ २०८१, शनिबार

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा घरको जग खन्दा सकेट बम फेला परेको छ । बेलौरी नगरपालिका–३ पडाउस्थित स्थानीय भजन रानाको घरको जग खन्ने क्रममा बम फेला परेको हो । रानाको घरको जग खन्ने क्रममा १२ थान भन्दाबढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

द्वन्द्वकालका बेलामा माओवादीहरुले राखेको हुनसक्ने कञ्चनपुर प्रहरीले बताइएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले हिजो साँझ नै बम निष्क्रिय पारेको छ । सोही क्षेत्रमा केही दिन अगाडि मात्रै हुलाकी सडकमा बम विस्फोट भएको थियो ।