काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुव्र्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी गराएको छ । उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।